८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले मनायो स्थापना दिवस



बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले २७ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । संघले दिवसका अवसरमा सामुदायीक रेडियो प्रशारक संघका नवनिर्वाचित उपाध्यक्ष मिलन गाहालाई एक समारोहका बीच सम्मान गर्दै कार्यकाल सफलताको कामना व्यक्त गरेको छ ।

सो कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले शुभकामना ब्यक्त गर्दे वर्तमान अवस्थामा मगर महिला एकताबद्ध भएर अगाडि बड्नुको विकल्प नभएको बताइन् ।

मगर महिलालाई मिल्न नदिने केही तत्वहरुले काम गरेको बताउँदै आफूलाई जिम्मेवारी प्रदान गरेको खण्डमा महिला दिदी बहीनीहरुलाई एकताको सुत्रमा बांध्ने बताइन् । केन्द्रीय सदस्य मधु रानाले महिलाको मर्म महीलाले बुझ्न नसक्ने र राजनैतीक आस्थाका आधारमा बिभाजित हुन नहुनै भन्दै मगर महिला संघलाई सबैले अपनत्व हुने बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताइन् ।

समितिका प्रेस सल्लाहकार गाहा शुभकामना व्यक्त गर्दै थप सक्रिय भएर लाग्न सुझाब प्रस्तुत गरे । नेपाल मगर महिला संघ बुटवल उपमहानगरमा विधिसम्मत निर्वाचित गौमाया थापाको नेतृतवलाई केन्द्रीय समितिले समेत आधिकारिकता प्रदान गरेकाले सबैले मानयता दिनु पर्ने बताए ।

हालै धनकुटामा आयोजित मगर महिला संघको केन्द्रीय सम्मेलनमा समेत थापाको नेतृत्वले गरेको कामलाई सम्मान प्राप्त भएको स्मरण गराए । बुटवल उपमहानगर समितिमा थापा नेतृत्वकै समिति बैधानिक भएको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरे । कार्यक्रम ज्ञानु रानाको स्वागत तथा सचिव तिर्थ कुमारी सोमरेको सञ्चालन तथा संघका अध्यक्ष गौमाया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ०३ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक