२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’



बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई तिब्रता दिइएको छ । सुरुङ खेन्ने काम सुरु भएको ७ महिनाका बीचमा सुरुङमार्गको २ वटा बाइपास सुरुङको ब्रेक थ्रू भएको छ । वाईपास सुरुङको १ नम्बरको बाइपास सुरुङको यही असोज ४ गते शक्रबार ब्रेक थ्रू भएको थियो भने वाईपास सुरुङ नम्बर ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सम्पूर्ण सुरुङमार्गमा तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको हो । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको कार्यालयले जनाएको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ । योजना कार्यालयका अनुसार कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको छ ।

उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जानकारी दिएको छ । गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

इन्जिनियर ज्ञवालीका अनुसार बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरि काम गर्ने गरिएको छ । काममा कुनै अवरोध नभए अबको ३ महिनाभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा रहेका कारण सो सडकखण्डमा सुरुङमार्गको परिकल्पना गरिएको हो । यात्रुलाई जहिलेसुकै खतरापूर्ण त्यस क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या रहँदै आएको छ ।

भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुने गर्दछ । बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन गतवर्षको ४ माघबाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ, म्याग्दी तथा मुस्ताङसम्म सवारीसाधन चल्ने गर्दछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : १६ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै