१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मधेस प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य



जनकपुरधाम । मधेस प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ५८ बजे

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन