६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

रुपन्देहीमा रहेका मैथिली समुदायले मनाए जीतिया पर्व



बुटवल । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली भाषी व्यक्तिहरूले शनिवार तिलोत्तमामा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो ।

जितिया पर्व मैथिल समाजका लागि एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जितिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेबी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठुलो सांस्कृतिक महत्त्व राख्ने बत्ताइन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताइन् ।

कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाइने बताए । घरमा आमाहरू व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया“ भनिएको उनले बताए।सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन् । व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढी प्रकट गर्छ । रुपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषा संस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातिहरूको समाजको महत्त्व रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पार्दै यस क्षेत्रमा बसोबास गर्ने मैथिल भाषीहरूको एउटा आफ्नै सभाहलकाे खाँचाे रहेकाे औलाए । उनले यस क्षेत्रमा रहेका मैथिल भाषीहरूकाे पहलमा सबैकाे साथ र सहयाेग रहे निकट भविश्यमा आफ्नै सभाहलमा कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा समाजका सल्लाहकार तथा बटवल नगरपालिका बार्ड न.०३ का वार्ड सदस्य हरीनारायण मिश्राले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको बताउदै मैथिल समाजबाट गरीएकाे यस्ता कार्यक्रमले आफ्नाे संस्कृितकाे जगेर्ना गर्न महत्वपूर्ण हुने बताए । उनले यस्ता खालका कार्यक्रमले पछिल्लाे पुस्तालाइ समेत आफ्नाे संस्कृितकाे जगेर्ना गर्न प्राेत्साहन पुग्ने बताए । कार्यक्रममा समाजले समाजका जेष्ठ नागरीकहरूलाइ सम्मान् समेत गरेकाे थियाे ।

कार्यक्रममा नेपाल तराई विद्यार्थी ग्रुपबाट मैथिल नृत्य तथा गायन समेत प्रस्तुत गरिएको समाजका सचिव मनोज कुमार मण्डलले बताए । हाल रुपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवध्द मैथिल समुदायका ५ सय घरपरिवार रहेका छन् । कार्यक्रम मैिथल समाज नेपाल रूपन्देहीका काेषाध्यक्ष श्रवणकुमार शाहकाे संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५८ बजे

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार