१२ माघ २०८२, सोमबार | January 27, 2026

भेरी अस्पतालमा प्रत्यक्ष शल्यक्रिया गरेर नयाँ शल्यक्रिया कक्षको उदघाटन



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आजदेखि नव निर्मित नयाँ भवनबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ शल्यक्रिया कक्षको प्रत्यक्ष शल्यक्रिया गर्दै उदघाटन गरिएको छ । वरिष्ठ अर्थोस्कोपी सर्जन प्रा.डा. अमित जोशीले प्रत्यक्ष शल्यक्रिया गर्दै नयाँ भवनमा जडान भएको शल्यक्रिया कक्ष्को उद्घाटन गरेका हुन् ।

अर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगन्ज आएको अवसरमा डा. जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको अस्पतालका मेसु डा प्रकाश बहादुर थापाले जानकारी दिए । घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय युवकको शल्यक्रिया गर्दै डा. जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।

प्रा.डा. जोशीले कार्यशालाका सहभागि आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए भने शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो ।

शल्यक्रियाका क्रममा सर्जनहरुले राखेको जिज्ञासाहरुको प्रा.डा. जोशीले जवाफ दिएका थिए । करिव एक घण्टा लगाएर गरिएको शल्यक्रिया प्रत्यक्ष सहित अन्तरक्रियात्मक भएको मेसु थापाले बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३७ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको