६ श्रावण २०८३, बुधबार | July 23, 2026

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ



भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४ जना भारतीय र २ जना नेपाली नागरिक सहित ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

नेपाली युवतीलाई जबर्जजस्ती करणी गरेको आरोपमा भारत महाराजगञ्जका ३७ वर्षिय अफरोज समी, सोही ठाउका २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर खाँन र गोरखपुरका २७ वर्षिय बब्लु खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने नेपालीहरुमा रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय साहरुख तेली र सोही ठाउको २५ वर्षिय अकबर खाँन रहेका छन् ।

आरोपितहरुले २१ वर्षिया भैरहवा–१४ (परिवर्तित नाम) लाई यहि असोज ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । भैरहवा–१४ (परिवर्तित नाम) आफैले जबरजस्ती करणी गरेको जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भट्टले बताए ।

आरोपितहरुलाई असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ११ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क