२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अस्लेवा तराई सम्पर्क समाज गठन



बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ । गुल्मी जिल्लाको अस्लेवाबाट तराईका विभिन्न जिल्लामा आइ बसोबास गरेकाहरुको बुटवलमा सम्पन्न प्रथम भेलाले तुलसीराम पाण्डे (गोपाल) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको हो ।

यसअघि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । समितीको उपाध्यक्षमा पुरुषोत्तम पाण्डे, सचिवमा निरा गौतम (निरु), कोषाध्यक्षमा प्रेम पाण्डे चयन भएका छन । यसैगरी सदस्यहरुमा हरिहर पाण्डे, डिल्लीराज पाण्डे, रविलाल पाण्डे, वेद प्रसाद पाण्डे, विजेन्द्र श्रेष्ठ, कल्पना कुँवर र विष्णु पाण्डे रहेका छन ।

यसैगरी भेलाले ४ सदस्यीय विधान मस्यौदा समिति चयन गरेको छ । जसको संयोजकमा भिमलाल पाण्डे र सदस्यहरुमा गोपाल प्रसाद पाण्डे, वेदनिधि पाण्डे र इश्वरी प्रसाद पाण्डे रहेका छन ।

भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य चिन्तामणि पाण्डेले सबै एकजुट भएर आ आफ्नो क्षेत्रको विकासमा जुट्न आवश्यक रहेको बताए । “यो परिवार हो । हामीले राजनीतिक आस्थाका आधारमा कसैलाई विभद गर्ने छैनौ ।”, विकासमा राजनीतिक खिचा तानी जरुरी नभएको उनले बताए । “जन्मभूमि प्रति सबैको माया हुन्छ । यसरी संगठित हुँदा एक अर्काका भावना साटासाट गर्न पाइन्छ”, उनले भने । आफू पनि अस्लेवामै जन्मिएकाले त्यस क्षेत्रको विकासमा सदैव प्रतिवद्ध रहेको बताए ।

भेलाको उद्घाटन कार्यक्रममा समाजसेवीहरु भिमलाल पाण्डे, गोपाल प्रसाद पाण्डे, सन्तोष गौतम, डिल्लीराज पाण्डे, पुरुषोत्तम पाण्डे, निरा गौतम लगायतले आफ्नो जन्मभूमिसँगको सामिप्ता बढाउन र अस्लेवाको माटोमा जन्मिएर हाल तराईमा बसोबास गरेकाहरु बिच सम्बन्ध स्थापित गर्न सम्पर्क समाजले पुलको काम गर्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १२ : ५७ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै