२७ भदौ २०८३, शनिबार | September 12, 2026

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनको निर्देशन दिए लगत्तै सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ४८ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ