२१ भदौ २०८३, आइतबार | September 6, 2026

श्रीमानको जन्मदिनमा श्रीमतीले दिइन १० लाखको बिमा पोलिसी उपहार



देवदह । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच देवदह नगरपालिका वडा नम्बर ६ खैरेनी निवासी अनिता सापकोटाले जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

सापकोटाले ३९ वर्षीय श्रीमान तुलसी प्रसाद सापकोटालाई जन्मदिनको अवसरमा १० लाखको जीवन बिमा पोलिसी उपहार दिएकी हुन । उनलाई उक्त पोलिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड देवदह शाखाका एजेन्सी म्यानेजर मित्रलाल न्यौपानेले गराइदिएका थिए । सापकोटाले सिटिजन शुभारम्भ बिमा योजना अन्तर्गत १० लाखको जीवन बिमा गरेको सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाकी शाखा प्रमुख बिनिता श्रीसले जानकारी दिइन ।

सापकोटाले भनिन जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरणको माध्यम हो, बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले श्रीमानलाई बीमा पोलिसी उपहार दिएको बताइन ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका