३ पुस २०८२, बिहिबार | December 18, 2025

ओली र मोदीबीच न्ययोेर्कमा भेटवार्ता



अमेरिका । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज न्युयोर्कमा भेटवार्ता भएको छ ।

मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल भेटघाटका लागि पुगेका थिए । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर पनि सहभागी थिए ।

न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछौं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।’

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई तेस्रो पटक नेपाल भ्रमणको निम्ता दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले यसअघि आफू प्रधानमन्त्री भएपछि मोदीको बधाई लिने क्रममा प्रथम पटक र परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत् दोस्रो पटक नेपाल भ्रमणको निम्तो पठाएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका