२० श्रावण २०८३, बुधबार | August 5, 2026

बैङ्ककमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भ्रमणको निम्तो नआएको चर्चा चलिरहँदा उनीहरुबीच मुलुक बाहिर भने भेटवार्ता हुने गरेको छ ।

ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो भने अहिले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिए लगत्तै उनीहरुबीच दोस्रो भेटवार्ता भएको हो ।

देश बाहिर साइडलाईन भेटवार्ता भइरहेपनि उनीहरुबीच नेपाल वा भारतमा भने औपचारिक भेटवार्ता हुन सकेको छैन । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा र एस जयशंकरसहितको टोली पनि वार्तामा सहभागी भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ५२ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा