२ चैत्र २०८२, सोमबार | March 16, 2026

यसपालिको दशैंमा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला, १० लाखसम्मको छुट अफर



बुटवल । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० लाखसम्मको नगद छुट अफरसहित टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र बुटवलका लागि आधिकारिक विक्रेता बालाजी अटो मोबाईल्सले ग्राण्ड एक्सचेन्ज अफर मेला आयोजना गरेको छ ।

कुनै पनि नयाँ टिभिएस सवारीको खरिदपछि हुने लक्की ड्रमा १० लाख तथा खरिद अघिको लक्कि ड्रमा ५ लाख नगद उपहार प्राप्त गर्न सकिने साविक लुम्बिनी बुटवलका शोरुम ईन्चार्ज शिव शर्मा पौडेलले जानकारी दिए ।

साथै बहुप्रतिक्षित सुबिधा सम्पन्न अपाचे आरटिआर १६० भी-४ एफ आई विथ एबिएस, राईड मोड, स्मार्ट कनेक्ट र बिएस-६ प्रबिधिको नयाँ बाईक समेत मेलामा राखिएको छ । बुटवलको कालिकानगर स्थित होराईजनचोक हाईवेमा आइतबारदेखि जराी एक्सचेन्ज मेलामा एउटै ठाउँबाट फाईनान्स, ईन्स्योरेन्स, एक्सचेञ्ज सुबिधा सहज रुपमा हुने छ भने नयाँ सवारी खरिद पनि मेला स्थलबाट गर्न सकिनेछ । हाल टिभिएसले १ लाख ५२ हजार ९०० मूल्य पर्ने मोपेडदेखि रेडियन ११०, स्ट्राइकर १२५, रेडर १२५, अपाचे १६०-भी-२, अपाचे १६० भी-४ एस.डी, अपाचे १६० भी-४ आर डी, अपाचे १६० ए भी-४ आर डी एबिएस, अपाचे २०० भी-४ एबिस एफ आई विथ राईड मोड एण्ड स्लिपर क्लच, २०० भी-४ एबिएस र ८ लाख रुपैयाँ पर्ने आर आर ३१० मोडेलका बाईकहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । स्कुटर तर्फ विगो बिएस ६, एनटर्क १२५ ड्रम विथ स्मार्ट कनेक्ट, एनटर्क डिस्क विथ स्मार्ट कनेक्ट, एनटर्क रेस ईडिसन, एनटर्क स्क्वायर्ड तथा एनटर्क आरटि एफ आई बिएस ६ उपलब्ध रहेका छन ।

बजारको आवश्यकतालाई मध्यनजर आयोजना गरिएको टिभिएस ग्रान्ड एक्सचेञ्ज मेलामा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा टहजार बजार मुल्यांकन भन्दा बढी भ्यालू एडिसन पाउन सक्ने छन भने नगद खरिदमा १० लाख सम्म नगद छुट पाउन सक्ने छन । केही मोडेलहरुमा शून्य ब्याजदरमा समेत फाईनान्सको ब्यबस्था रहेको छ । साथै १ वर्षको लागि रोड ट्याक्स निशुल्क, हेलमेट, लेगगार्ड, बडि कभर तथा समेत अफरमा निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

ग्रान्ड एक्सचेञ्ज मेला बिगतमा गरिने मेला भन्दा केहि फरक उद्देश्यले संचालन गरिएको छ। बुटवल बजार बिस्तारसंगै बिस्तारिएको देबिनगर, कालिकानगर, योगिकुटि तथा तिलोत्तमा क्षेत्रका ग्राहक बर्गलाई समेत सहज होस भनेर कालिकानगरबाटै संचालनमा ल्याईएको र यसबाट सम्पुर्ण क्षेत्रका ग्राहक वर्गले फाईदा लिन सक्ने जगदम्बा मोटर्सका रिजनल अफिसर ईश्वर पौडेलले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ४४ बजे

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम