१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी प्रदेश सरकारले ‘जनतासँग प्रदेश सरकार’ कार्यक्रम सञ्चालन गर्ने



मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।

प्रदेश सिँचाइ नियमावली, २०८१ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेश नवीकरणीय ऊर्जा नीति, २०८१ स्वीकृत गर्ने, एसियाली विकास बैङ्कको ऋण सहयोगमा र ‘साउदी फन्ड फर डेभलेप्मेन्ट’को सहलगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिँचाइ परियोजनाका लागि वार्ता र सहमति गर्न स्वीकृति दिने, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ कर्मचारीको आर्थिक वर्ष २०८१/८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा, एघारौँ तहका निर्देशक डा वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ०८ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई