२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

लुम्बिनी विकास कोषका कोषाध्यक्ष र सदस्य सचिवमाथि निर्माणव्यवसायीबाट आक्रमण(भिडीयोसहित)



लुम्बिनी । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले हातपात गरेका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा संचालनमा रहेको कार्यक्रममा सहभागी भईरहेको बेला ठेकदारहरूको एक हुल आएर कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आक्रमण गरेको बताईएको छ ।

गुण्डागर्दी शैलीमा कोषाध्यक्ष र सदस्य सचिवमाथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताए । आफुलाई एकाएक २० जनाको समूहले कार्यक्रम स्थलमै आएर आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । निर्माण व्यवसायीहरुको आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ ।

केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे । उनले सुरक्षाके प्रत्याभूति नहुँदा सम्म कुनै चेकमा हस्ताक्षर नगर्ने पनि उनले बताए ।

ठेकेदार कम्पनीहरुलाई भुक्तानी गर्ने रकम सरकारबाट निकासा नआउँदा भुक्तानीमा ढिलाई भएपनि हिजो मात्र कोषको खातामा रकम आएको र भुक्तानीको प्रक्रिया सुरु गर्न आजै अपरान्ह उपाध्यक्ष ल्हारक्याल लामा सहतिको बैठक डाकिएको थियो । धर्नामा रहेका निर्माण ब्यवसायीलाई सो सम्बन्धि जानकारी गराएर आफु कार्यक्रममा आएको भट्टराईले बताए ।

कोषका पदाधिकारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही जाने तयारीमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ५७ बजे

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको