१२ माघ २०८२, सोमबार | January 26, 2026

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग



नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले उपयोग गर्न नपाएपछि बाँके जिल्ला फुटबल संघले चरणबद्ध रङ्गशाला प्रयोग गर्न पाउनु पर्ने माग उठाएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिमा ज्ञापन पत्र बुझाएर रङ्गशाला खेलाडीका लागि खुल्ला गर्न माग गरेको जिल्ला फुटबल संघले रङ्गशालामा फुटबल खेल्न पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका पदाधिकारीहरु सहितको टोलि जिल्ला प्रशासन कार्यालय बाँके पुगेर बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो ।

एन्फाका केन्द्रीय सदस्य एवं संघका अध्यक्ष भोजराज शाहीले प्रमुख जिल्ला अधिकारी रिजाललाई फुटबल मैदान उपलब्धको लागि सिफारिसको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला खेलकुद विकास समिति र एन्फा केन्द्रमा बोधार्थ पठाएको संघले रङ्गशालामा खेल गतिबिधि नहुँदा मैदान घांसे मैदानमा परिणत भएको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु भन्दा अघिदेखि नै रंगशालामा फुटबल खेल्न रोक लगाइएको छ । करिव सात वर्षदेखि रंगशालामा फुटबल खेल्न रोक लगाइएपछि बाँके जिल्ला फुटबल संघले मैदान उपलब्धका लागि चौतर्फी दबाब बढाएको हो ।

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल नै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दलाई खेल मैदानको विषयमा जिज्ञासा राखेका थिए । प्रमुख जिल्ला अधिकारीको प्रश्नमा चन्दले दशैंपछि खुल्ला हुने आश्वासन दिएको बताइएको छ ।

बाँके जिल्ला फुटबल संघले १२ वर्ष मुनिका बालबालिकालाई कात्तिक १ गतेदेखि एक वर्षसम्म बृहत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लामा फुटबल खेलाडी उत्पादन गर्ने गरी थालिएको प्रशिक्षण कार्यक्रमका लागि मैदान उपलब्ध गराइदिन आग्रह गरिएको संघका अध्यक्ष शाहीले बताए ।

रंगशालाको फुटबल मैदानमा फुटबल खेल्न रोक लगाइएपछि त्यहाँ झार पलाएर झाडी भएको छ । यता खेलाडीले खेल्न नपाउँदा जिल्लाको टीम नै खस्किदो अवस्थामा रहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशालाको स्तरोन्नति गर्दा फुटबल मैदान पनि राम्रो बनाइएको थियो । रंगशालामा राम्रो प्यारापिट बनाइएको छ । उचित संरक्षणको अभावमा मैदान झाडीमा परिणत भएको छ भने प्यारापिट मक्किदै गएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ०५ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत

सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले