३ चैत्र २०८२, मंगलबार | March 18, 2026

बुटवलका मासु पसलमा उपमहानगरपालिकाको कडा अनुगमन, ७ पसललाई जनही १० हजार जरिवाना (भिडियोसहित)



बुटवल । बुटवलमा सञ्चालित पशु बधशालाको मासु मात्र बिक्री गर्न उपमहानगरपालिकाले मासु पसलहरुलाई कडाइ गरेको छ । बुटवल उपमहानगरपालिकाले लामो समयदेखि मासुजन्य वस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको बिक्री वितरण गर्नुपर्ने निमय लागू समेत गरेको हो ।

सोही अनुसार समय समयमा सचेत गराए पनि व्यवसायीले अटेर गरेपछि उपमहानगर कारवाहीमा उत्रिएको छ । बिहीबार विभिन्न सात वटा मासु पसलको अनुगमन गर्दा आफूखुसी काटेर बिक्री गरेको पाइएपछि १०-१० हजार रुपैयाँ जरिवाना गरेको छ । पटक-पटक स्वच्छ मासु मात्रै विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गरेपछि जरिवाना गरिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए ।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको बताए ।

दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु विक्री गरेको भेटिए ५० हजार जरिवाना हुनेछ । त्यसपछि पनि बधशालाको मासु विक्री नगरिए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्री वितरण गर्न र बध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ४ : ०७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड