२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

अन्तत बुटवलका मासु व्यवसायीहरु बधशालाको मासु बेच्न सहमत

बुटवल उपमहानगरसँग २५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा बुटवल-१० रामनगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरु जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका मासु व्यवसायीहरुले २५ बुँदे सम्झौता गरी अब बधशालाको स्वच्छ, सफा मासु बिक्रि गर्ने भएका हुन ।

५ वर्षको लागि टेन्डर पाएको मुक्तिनाथ लाईभस्टक बैंकले एक वर्ष समय बिताईसकेको छ । तर आफुहरुले व्यवसायी सहित किसान, महिला उद्यमीहरुको सहभागीतामा निर्माण गरिएको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रा.लि (कम्पनी)ले टेन्डर नपाएको भन्दै बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानगरपालिले बनाएको नीति विपरित बधशालाको मासु बिक्री नगर्ने भन्दै आएका थिए ।

बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रुपन्देहीका बिचमा २५ बुँदे सहमति भएपछि मासु व्यवसायीहरुले अब बधाशालाको मासु बिक्री गर्ने भएका छन् । बिहिबार बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधालाको मासु बिक्री गर्ने सहमतिपत्र आदान प्रदान गरिएको हो । यद्यपी यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रुपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए । उनले मासु व्यवसायीहरुले बधशाला जाने निर्णय गर्नु आफमा सकारात्मक, स्वागत योग्य भएको भन्दै विगतका वर्षमा मासु व्यवसायी रुपन्देही प्रालिले मासु बध गर्ने स्वीकृत नै नलिएको कारण र टेन्डरमा सहभागी नभएको कारण टेन्डर दिन नसकिएको जानकारी दिए । उनले आगामी दिनमा प्रक्रियाबाट आउने जो कोहीलाई पनि नगरपालिकाले स्वागत गर्ने भन्दै उनले समस्या समाधानको लागि सबै संग हातेमालो गर्ने समेत जनाएका थिए ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले बुटवलमा बध गरेको मासु विदेश समेत पठाउन सकिने गरि योजनना ल्याईएको बताईन् ।

स्वास्थको दृष्टिकोणबाट बधशालामा बध गरिएको मासु खानुपर्ने, स्वाथ्यका दृष्टिकोणबाट समेत राम्रो भएको बताईन् । बुटवलका सबै बासिहरुले बुटवलको बधशालाको मासु खानु पर्ने प्रतिवद्दता जनाउनुपर्ने बताईन् । उनले भनिन, “बधशालाको मासु प्रयोग गर्नु पर्दछ, यदि होटल तथा रेष्टुरेन्टमामा बधशालाको मासु प्रयोग नभएमा हामी सिल गर्न बाध्य हुने छौ ।”

मासु व्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष विशाला थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरुपमा पालन गर्नको लागि दुवै पक्ष सचेत हुनुपर्ने बताएका थिए । बुटवल राम्रो बन्नको लागि सेवा प्रवाह को लागि सकारात्मक प्रचार गर्न आवश्यक छ । “राम्रो कामका कार्यको प्रचार प्रसार नगरपालिकाले गर्न आवश्यक छ ।”-e उनले भने ।

यस्तो छ, २५ बुँदे सहमति पत्र

 

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : ०४ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५