१० माघ २०८१, बिहिबार | January 23, 2025

झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहज : राष्ट्रपति पौडेल



लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताएका छन ।

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्दै उनले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुसी पनि व्यक्त गर्नुभयो । ‘डबल स्प्यान’को सो झोलुङगे पुल एक हजार ५७१ मिटर रहेको छ ।

राष्ट्रपति पौडेलले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “पुलका अभावमा सरकारी सेवा लिन दुई/तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको छ । ”

राष्ट्रपति पौडेलले हिन्दू धर्मावलम्बीको पवित्र तपोभूमिका रुपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकसमेतलाई आकर्षित गर्ने सम्भावना बोकेको जनाउँदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे ।

उनले नारायणी नदी पारीको भू-भागमा पुल निर्माण भइसकेपश्चात् सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्तावासीलाई उज्यालो प्रदान गर्ने कार्यसमेत सम्पन्न गरेकामा निर्माणमा सहभागी सबैलाई धन्यवाद पनि दिए ।

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लालपुर्जाविहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, “खेतीपाती गर्दै आएका किसान अहिले पनि जग्गाको लालपुर्जाविहीन हुनुपरेकोप्रति म सरकारको ध्यानाकर्षण गराउँदछु । उनीहरुलाई छिटो लालपुर्जा वितरणको लागि आग्रह पनि गर्दछु ।”

मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने जनाउँदै प्रदेश सरकारबाट हुने हरेक काममा सुस्ता क्षेत्र प्राथमिकतामा परेको बताए । मुख्यमन्त्री आचार्यले नारायणी नदीमा बनेको झोलुङ्गे पुलले सुस्तामा बसोबास गर्नेलाई सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गरे ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ०६ बजे

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन