७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ । चिनियाँ भाषा सिकाइ केन्द्र नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यस केन्द्रमा एचएसके तहका परीक्षाहरु चल्ने छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाइ केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रुपमा उद्घाटन गरे। त्यसअवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको हनान विश्वविद्यालयबीचमा चिनियाँ भाषा सिकाइ केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ ।

मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योग्दान गर्ने बताए। “दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु”, मुख्यमन्त्री आचार्यले भने, “चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए। एचएसके परीक्षाका लागि काठमाडौँ जानुपर्ने बाध्यता अत्यन्त गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले एक वर्ष अगाडि चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए। यो उपलब्धिले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन कोशेदङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयमा आजै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण केन्द्र महत्वपूर्ण हुने बताए। कार्यक्रममा नेपाल र चीनका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज