२ असार २०८३, मंगलबार | June 16, 2026

नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक



चितवन । स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, “सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।”

शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सिञ्जालीद्धारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो । विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ४८ बजे

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध

काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको

नेपालगन्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

नेपालगन्ज । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि