५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनाइयो



दाङ । थाहा पाउने अधिकारका लागि वा सूचना पाउने अधिकारका लागि परिकल्पना गरिएको अन्तर्राष्ट्रिय थाहा दिवस आज दाङ-देउखुरीको लमहीमा एक कार्यक्रम गरी मनाइएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय समिती र पब्लिक भ्वाइस नेपाल लुम्बिनी प्रदेश समितीले लुम्बिनीको प्रदेश राजधानी दाङ(देउखुरीको लमहीमा प्रभात फेरी कार्यक्रम गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै सुचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमित बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले देशका हरेक नागरिकले सूचनाको अधिकार छ संबिधानले दिएको अधिकार प्रयोग गर्न नागरिकको दायित्व भएको बताए । अध्यक्ष बागचन्दले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै टोल, समाजका मानिसहरुलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए । उनले थाहा दिवसले जनताको सूचनाको अधिकारलाई अझ सशक्त बनाउने उद्देश्य बोकेको छ दाबी गरे ।

कार्यक्रममा सहभागीहरुले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ लगायतका सचेतनामूलक पम्प्लेटहरु लिएका थिए ।

थाहा दिवसको दिनको परिकल्पना गरिएको बुल्गेरियाको सोफियामा सन् २००२ को सेप्टेम्बर २८ मा जम्मा भएका सूचनामा स्वतन्त्रता चाहनेहरूको भेलाले तयार गरेको विश्वव्यापी संजालको थालनी भएको बिशेष दिन हो । सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, रूपमा २८ सेप्टेम्बरलाई मानिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ३१ बजे

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड