२८ आश्विन २०८३, बुधबार | October 14, 2026

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : १७ बजे

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो

लालटिन सहकारीको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था, बुटवल-११ को एघारौं वार्षिक

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजदेखि शुक्र अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र