१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपाल सरकार बादी रहेको १२० जसपा नेता कार्यकर्ता विरुद्धको मुद्दा सरकारबाट फिर्ता



काठमाडौं । सरकारले जसपाको समर्थन आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप मेधस तथा थरुहट आन्दोलनका क्रममा नेपाल सरकार बादी रहेका मुद्दाहरु फिर्ता लिने क्रम सुरु गरेको छ ।

सरकारले नेपाल सरकार बादी रहेको १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री गरुङले् नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिए । उनले त्यस्तै आन्दालनसँग जोडिएका अन्य मुद्दा भए निरन्तर फिर्ता लिँदै जाने समेत बताए ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने एजेण्डालाई प्रमुखरुपमा उठाउँदै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ । माग पुरा भएको अवस्थामा सरकारमा सहभागी हुने वा सरकारलाई समर्थन गर्ने जसपाका महन्त ठाकुर पक्षका नेताहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ५३ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको