१० पुस २०८२, बिहिबार | December 25, 2025

निर्माण व्यवसायीको लिखित क्षमा याचनापछि लुम्बिनीको विवाद समाधान, भुक्तानीको व्यवस्था कोषले तत्काल गर्ने



लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा मंगलबार बसेको बैठकमा कोषका पदाधिकारी, पूर्व मन्त्री संघीय सासद र सरोकारवालाहरूको बैठकमा चार बुदे सहमती गरेको हो ।

कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, रूपन्देही क्षेत्र नम्बर ५ का संघीय सासद वासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पूर्वमन्त्री चन्द्रप्रकाश खनाल बलदेव, पूर्वमन्त्री वकिल मुसलमान, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, निर्माण व्यवसायीका तर्फबाट बाबुल निर्माण सेवाका तौफिक अहमद खान, लुम्बिनी अनक खड्का कृष्ण जेभिका देवराज गौतम, खानी अर्घाखाँची बाबुल निर्माण सेवाका सन्तोष अधिकारी, रमन गजुरमुखी रामजानकी जेभिका राजीव शाह, लामा एपेक्स कमलजितका प्रभातकुमार झा, सिद्वार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द ज्ञवाली, रूपन्देहीका प्रहरी प्रमुख रजितसिह राठौर लगायतले हस्ताक्षर गरि सहमती गरिएको हो ।

सहमतीमा कोषमा आगामि दिनमा यस्ता कृयाकलापहरु नगर्ने/नगराउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । यस्तै असोज ८ गते भएको घटनामा संलग्न दोषिहरु उपर निष्पक्ष छानबिन गरी कारवाहीको प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

यस्तै निर्माण व्यवसायीहरुको तर्फबाट परिचालन हुने सव कन्ट्याक्टर लयायतका अन्य व्यक्तिहरुको जिम्मेवारी/जवाफदेहिता स्वयं निर्माण व्यवायीहरुले लिने, निर्माण व्यवसायीहरुले सम्पादित कार्यको नियमानुसार पाउने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीहरुले उप्रान्त घेराउ, धर्ना लगायतका कृयाकलापहरु नगर्नेरनगराउने सहमती समेत भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । गत असोज ८ गते उपाध्यक्ष सहितका पदाधिकारीलाई गालीगलौज गर्दै निर्माण व्यवसायी सम्बद्व व्यक्तिहरूले कोषाध्यक्ष र सदस्यसचिवमाथि हातपात र दुर्व्यहार गरेका थिए ।

हातपातमा संलग्न निर्माण ब्यवसायीको पक्षमा वकालत गर्दै विवादलाई थप उछाल्ने कार्यमा संलग्न निर्माण ब्यवसायी सम्बद्ध संघ संस्थाका पदाधिकारीहरुको् भने छलफलमा उपस्थिती रहेको थिएन । लुम्बिनीमा रहेका ठेकेदार कम्पनीहरुले अभद्र ब्यवहारको पक्षमा निर्माण ब्यवसायी संघको लुम्बिनी प्रदेश समितिले पत्रकार सम्मेलन नै गरेर कोषका पदाधिकारीमाथि दोषारोपण गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : २५ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र