२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

झ्याप्ले खोलाले बगायो दिपेश र दिपिकाको सपना…



बुटवल । देशकै धेरै विद्यालय अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टप’ विद्यार्थी दिपेश भट्टराई र दिपिका भट्टराईको नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन काठमाडौं पुग्ने सपना बाटो मै बाढीसँगै बगेको छ ।

यहीँ असोज १७ गते काठमाडौंमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन आमा सीता भट्टराईसँगै बुटवल राजमार्ग चौराहाबाट काठमाडोंको गन्तब्य समाएका दिपेश र दिपिकाको सपना धादिङको झ्याप्ले खोलाको लेदोसँगै बगेर गएको हो । उनीहरु शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंको लागि माइक्रो बस (विंगर) चढेका थिए ।

वर्षाका कारण देशभर क्षति गर्ने समाचार सुन्दै काठमाडौंका यात्रा तय गरका उनीहरु चढेको गाडी शनिबार धादिङको झयाप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दीपेश र दिपिका र ४० वर्षकी उनको आमा सीतासहित बुटवलबाट गएका १४ बढी यात्रु त्यहीँ सधैंसधैंका लागि अस्ताए ।

चौराहा काउन्टरका लक्ष्मण कार्कीसँग लु १ ज ४५७८ नम्बरको माइक्रोको टिकट काटेर उनीहरुले काठमाडौंको यात्रा तय गरेका थिए । बिद्यालयमा हरेक गतिविधि ‘सक्रिय’ दिपेश र दिपिका जुम्लाहा दाजुबहिनी हुन् । आफैले अनलाइनबाट फारम भरेका दाजुबहिनी नैं अन्तर्राष्ट्रिय स्तरको इन्टरनेशलन ‘कन्फ्रेन्स’ मा छनौट समेत भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै स्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनौट भएर दोस्रो चरणको लागि बंगलादेश जाने कार्यक्रम पनि तय भइसकेको थियो ।

बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ देशका ‘स्टुडेन्ट’ हरू सहभागी हुने बताइएको थियो । ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गरेसँगै उनीहरुको बंगलादेशको यात्रा करिव पक्का भइसकेको थियो । स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर-३ स्थायी घर भएका दिपेश दिपिका बुटवल उपमहानगरपालिका योगिकुटीमा बस्दै आएका थिए ।

दिपेश र दिपिका आफैले कन्फेन्समा ‘फर्म’ भएर छनौट भएको कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाले बताए । १७ गते हुने कार्यक्रमका लागि उनीहरु ११ गते नै ‘कक्षा शिक्षकसँग विदा मागेर काठमाडौं हिँडेको उनले बताए । कक्षा ४ बाट कालिका स्कूलमा पढेका दिपेश दिपिका आउँदो परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीमा विद्यालयले आँकलन गरेको समेत प्रअ थापाले बताए । कार्यक्रममा छनौट भएपछि सहयोगका लागि आमा सीता स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थापाले बताए । दिपेश दिपिकाको मृत्युको खबरले कालिका स्कुल ठूलो पीडामा रहेको थापाले भने ।

दिपेश-दिपिकाका बाबु होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजुदरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गरेपछि उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।

सीताका मामा नगेन्द्रराज पाण्डेले भट्टराई परिवार ठुलो बाढीपहिरोको विपत्तीमा परेको बताए । पाण्डेका अनुसार दिपेश-दिपिकाका बाबु होमनाथ आइतबारसम्म नेपाल आइपुग्दैछन् । ‘शव लिन काठमाडौं जानसक्ने अवस्था पनि छैन, हवाइजहाज पनि चलेका छैनन् ।’ उनले भने ।

शुक्रबार बुटवलबाट छुटेको सो गाडीमा सवार दिपेश-दिपिकालगायत गाडी चालकसहित १४ बढीले सोही पहिरोमा परी ज्यान गुमाएका छन् । पहिरोमा पुरिएकामध्ये दिपेश र सीताको पहिचान भइसकेको छ । दिपिकाको भने यो समाचार लेख्दासम्म अवस्था पहिचान भइसकेको छैन ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवलले ठूलो मानवीय क्षति व्यहोर्न परेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ०१ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख