६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशमा तीन दिने वर्षा : विपद्का २९ घटना



दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो तिन दिनमा परेको अबिरल वर्षाबाट विपद्का २९ वटा घटना घटेका छन् । पहिरो, अधिक बर्षा, डुबान लगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । असोज ११ गते देखी १३ गते सम्म एक जनाको मृत्यु, ३ जना घाइते र एक बेपत्ता भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।

बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । गुल्मिमा दुई जना र बाँकेमा एक जना घाईते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षती भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षती भएको छ भने ३ वटा भवनमा आंशिक क्षती भएको छ । घरहरुमा क्षती हुदा ९० लाख ९० हजार क्षती भएको प्रारम्भिक विवरण संकलन भएको छ । यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गर्नु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ४१ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन