६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेशमा तीन दिने वर्षा : विपद्का २९ घटना



दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो तिन दिनमा परेको अबिरल वर्षाबाट विपद्का २९ वटा घटना घटेका छन् । पहिरो, अधिक बर्षा, डुबान लगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । असोज ११ गते देखी १३ गते सम्म एक जनाको मृत्यु, ३ जना घाइते र एक बेपत्ता भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।

बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । गुल्मिमा दुई जना र बाँकेमा एक जना घाईते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षती भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षती भएको छ भने ३ वटा भवनमा आंशिक क्षती भएको छ । घरहरुमा क्षती हुदा ९० लाख ९० हजार क्षती भएको प्रारम्भिक विवरण संकलन भएको छ । यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गर्नु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ४१ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन