२४ श्रावण २०८३, आइतबार | August 10, 2026

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए ।

अमेरिकामा रहदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।  त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए  ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २९ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता