२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी विगत तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । “वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम छ, गन्तव्य स्थानसम्म बाटोको अवस्था जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुहोला”, महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“सार्वजनिक सवारी सञ्चालन गर्दा आफ्नो सम्बन्धित कम्पनी, सुरक्षा निकायसँग समन्वय गरी मौसमको अवस्था हेरेर आवतजावत गर्न सम्पूर्ण यातायात व्यवसायी, स्वरोजगार र मजदुरलाई आग्रह छ ।”

यसैगरी महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । “यस्तै बेपत्ता व्यक्तिको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन महासङ्घ सरकारसँग आग्रह गर्दछ । यस दुःखद घडीमा विपत्तिमा परेका यात्रु तथा जनताको उद्धार तथा राहतमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई हाम्रो आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ५५ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने