२४ श्रावण २०८३, आइतबार | August 9, 2026

तीन दिन राष्ट्रिय शोक घोषणा



काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।

असोज १० गतेदेखि भएको बर्षाका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ३६ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको