११ चैत्र २०८२, बुधबार | March 25, 2026

विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध



काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीकानुसार बाढीपहिरोले अवरुद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छनैन् । अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पनि अवरुद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनानुसार दक्षिणकाली–सिस्नेरी, ललितपुरको लेले–टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरुद्ध छ । यस्तै बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरुद्ध छन् ।

मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।

अवरुद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन् । एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५५ बजे

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ