७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्र पदाधिकारीको बैठकमा अखिल क्रान्तिकारीको विवादबारे छलफल



काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेरको विवादले उग्ररुप लिएपछि विबादको समाधान निकाल्न भन्दै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन पार्टीको बैठक बसेको हो ।

काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक निर्णय गर्न बैठक डाकिएको माओवादी केन्द्रले जनाएको छ ।

असोज १० गतेदेखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन राखिएको भए पनि प्रस्तावित मस्यौदा विधान अनुमोदन अघि उमेरहद २८(३०(३२ लगाउने–नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

विबाद चर्कँदैजाँदा सम्मलनस्थलमा कर्सी हानाहानसम्म भएको थियो । प्रत्यक्षदर्शीका अनुसार केही अखिलका नेताहरुले सम्मेलन स्थलमा खुकुरी प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११