३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन



नेपालगन्ज । यहाँको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।

नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन नहुनु दुःखद भएको बताए । उनले पटकपटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि फोहोर नउठाएको गुनासो गरे । मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको र नवरात्र सुरु हुन लागेकाले अविलम्ब सरसफाइ गर्न उनको आग्रह छ ।

मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका उदासीन भएको आरोप वैश्यको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले नवरात्र सुरु हुन लागेकाले सरसफाइमा ध्यान दिइएको दाबी गरे । उनले केही दिनमा मन्दिर परिसरको तलाउ सफा हुने जानकारी दिए । जुङ्गे महादेव मन्दिरको पुनःनिर्माण भएकाले सरसफाइमा ढिला भएको उनको भनाइ छ ।

जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माण समयमा पूरा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएका छन् । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छभने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ५६ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण