१५ माघ २०८२, बिहिबार | January 30, 2026

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन



नेपालगन्ज । यहाँको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।

नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन नहुनु दुःखद भएको बताए । उनले पटकपटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि फोहोर नउठाएको गुनासो गरे । मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको र नवरात्र सुरु हुन लागेकाले अविलम्ब सरसफाइ गर्न उनको आग्रह छ ।

मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका उदासीन भएको आरोप वैश्यको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले नवरात्र सुरु हुन लागेकाले सरसफाइमा ध्यान दिइएको दाबी गरे । उनले केही दिनमा मन्दिर परिसरको तलाउ सफा हुने जानकारी दिए । जुङ्गे महादेव मन्दिरको पुनःनिर्माण भएकाले सरसफाइमा ढिला भएको उनको भनाइ छ ।

जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माण समयमा पूरा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएका छन् । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छभने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ५६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला