११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाइकर्स बुटवल ‘यामाहा सोरुम’मा ‘बिगेस्ट १०शैं’ अफर



बुटवल । यामाहा नेपालको बुटवलका लागि आधिकारीक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा बिभिन्न अफर ल्याएको छ ।

‘बिगेस्ट १०शैं’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले क्यासब्याक सहित अन्य विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने बाइकर्स बुटवल प्रालिका सञ्चालक पुर्णप्रसाद अधिकारीले जानकारी दिए । यहि असोज १४ गतेदेखि १९ गतेसम्म मेघा एक्सचेञ्ज मेला जारी रहेको उनले बताए ।

मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनभन्दा १० हजार रूपैयाँ बढी दिइने सञ्चालक अधिकारीले बताए ।

‘हाम्रो ‘बिगेस्ट १०शैं’ अभियानमा यस्तो अविश्वसनीय प्रतिक्रिया देख्न पाउँदा हामी हर्षित छौं । यो हाम्रा ग्राहकहरूले यामाहामा राखेको भरोसा र आत्मविश्वासको प्रमाण हो । असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता अटल छ र हामी सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर छौं ।’, सञ्चालक अधिकारीले भने ।

अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत् १० लाख रुपैयाँसम्म जित्न सक्नेछन् । दशैंलाई थप विशेष बनाउन यामाहाको शोरुममा आउने ग्राहकहरूले आइफोन १६ र विशेष गिफ्ट ह्याम्पर जित्न सक्ने एरीया सेल्स म्यानेजर युवराज आचार्यले बताए । यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शुन्य ब्याजदरको सुविधा पनि ल्याएको छ । यस्तै ग्राहकहरूलाई आफ्नो ड्रिम यामाहा बाइक/स्कुटरको स्वामित्व लिन सजिलो बनाउन ईजी फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ ।

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्सले २ दशकभन्दा बढी समयदेखि नेपाली अटोमोबाइल उत्साहीहरूलाई विश्वविख्यात ब्रान्डहरूको सेवा दिइरहेको छ । समूहले भर्खरै यामाहा मोटरसाइकलका दुई मोडलहरू एफजेड-भीथ्री डिलक्स र एफजेड-भी थ्री स्ट्यान्डर्डका लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ ।

‘बिगेस्ट १०शैं’ अभियान जारी रहँदा यामाहा नेपाल थप उचाइ हासिल गर्नेमा आशावादी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : १३ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको