४ असार २०८२, बुधबार | June 18, 2025

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा



नेपालगन्ज । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले कार्यालयबाट सेवा प्रवाहको शुभारम्भ गरे । नेपालगन्ज क्षेत्रमा कार्यालय भवनका लागि जग्गा प्राप्तिमा आवश्यक सहयोग नभएपछि कार्यालय कोहलपुरमा प्राप्त जग्गामा रु पाँच करोड ४८ लाख ८५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो । बीस कोठाको यो भवनबाट तीन प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उलव्ध हुने उपकुलपति बरालले बताए ।

त्यस अवसरमा कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवासमेत कोहलपुरबाट प्रवाह गर्न आग्रह गरे । उक्त कार्यालयका प्रमुख सुमन गौतमले उत्तरपुस्तिका परीक्षणका आवश्यक पूर्वाधार पनि भवनमा रहेका जानकारी दिए ।

वि.सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस परिसर भित्र रहेको कार्यालय भवन पछिल्लो १२ बर्षदेखि भाडाको घरमा सञ्चालित थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ४८ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक