१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भैरहवामा सामुदायीक कुकुरको बन्ध्याकरण



भैरहवा । विश्व पशु दिवसको अवसर पारेर भैरहवा स्थित सिद्धार्थनगर नगरपालीकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण एवंम रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ ।

सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उदेश्यले यो कार्यक्रम सचांलन गरीएको सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए । सामुदायीक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सिद्धार्थनगरले बिगत तिन बर्षदेखी सचांलन गर्दै आएको छ ।

यो कार्यक्रम यसपटक पहिलो चरणमा यहि असोज २३ गतेसम्म गरीने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि कार्यक्रम सचांलन गरीने नगरप्रमुख खानले बताए ।

६ दिनसम्म सचांलन हुने यो कार्यक्रममा नगरका टोल टोलमा गएर कुकुरहरु ल्याईने छ । सकंलीत कुकुरहरुको बन्ध्याकरण रबिज भ्यासिकन लगाउने काम हर्ट नेपालका पशु चिकित्सक एवं प्राबिधीक टोलीने गर्ने सिद्धार्थनगर नगरपालीकाका कृषी तथा पशुन्छि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । उनका अनुसार पहिलोदिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ, भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ०० बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज