६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गरौंः मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडवर्प लक्षित बिशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री आचार्यले दसैं मनाउन शहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन जारी गरेका हुन् ।

झरीका कारण पहाडी जिल्ला जोड्ने सडक खण्डहरु अवरुद्ध रहेपनि, हाल ति सडक सुचारु भएको उल्लेख गर्दै उनले चाडपर्वको मुखमा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुचारु गराउनेगरी तयारी अवस्थामा रहन निर्देशन दिए ।‘चार्डपर्वको समयमा मानिसहरुको आवतजावत हुन्छ । सवारी साधनमा चाप पनि बढ्छ । यस्तो अवस्थामा यात्रुहरु ठगिन सक्ने जोखिम रहेकाले यस्ता गलत कामहरु हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ’ मुख्यमन्त्री आचार्यले भने ।

लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै भित्रिएसंगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो । नेपाल प्रहरीले पूर्व पश्चिम लोकमार्ग सहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बिशेष निगरानी अभियान चलाएको छ ।

सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तिब्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरु भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतले जानकारी दिए । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै अपराधिक काम हुन नदिने, यात्रुहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउनेगरी चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको उनले बताए ।

प्रदेशमा चाडपर्वलाई लक्षित गरेर ७ हजार ६ सय ४४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्व पश्चिम लोकमार्गमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएका छन् । मानिसहरुको भिडभाड हुने क्षेत्रको पहिचान गरेर यस्ता सहायता कक्षा स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ०० बजे

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी