८ पुस २०८२, मंगलबार | December 23, 2025

कोहलपुर नगरपालिकाले डुडुवा र रोहिणी दोभानमा अत्याधुनिक शवदाह गृह बनाउने



कोहलपुर । बाँकेको सिधनियाघाटमा अत्याधुनिक दाहसंस्कार गृह (बैकुण्ठधाम) निर्माणको गृहकार्य चलिरहेकै बेला बाँकेको कोहलपुरमा अर्को अत्याधुनिक शवदाह गृहको शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको हो । कोहलपुर नगरपालिका—११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आज(आइतबार) एक समारोहकाबीच शिलान्यास गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले आज शवदाह गृहको संयुक्त रुपमा शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले शवदाह निर्माण सम्पन्न भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको दाहसंस्कार गर्न जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोमा अव त्यो अवस्था नरहने बताए । प्रारम्भिक रुपमा करिव १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए । ‘भरसक हामी शवदाह गृह निर्माणको लागि आवश्यक रकम विभिन्न सामाजिक तथा वित्तिय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व वहन गर्न लगाइ जुटाउने प्रक्रियामा छौं उनले भने, ‘अपुग हुने अवस्था आए नगरपालिकाले पनि सहयोग गर्नेछ ।’

कोहलपुरकी उपप्रमुख सुवेदीले गरिव तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्यष्टि गर्न लैजान नै महंगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताइन् । अगैया दूरीका हिसावले पनि टाढा पर्ने र मलामी जानआउन पनि गाह्रो हुने अवस्था रहेको उल्लेख गर्दै उनले कोहलपुरमै शवदाह गृह बन्दा समयको पनि बचत हुने र खर्चको भार पनि कम पर्ने जनाइन् ।’

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नगरबासीको चाहना र आवश्यकतालाई बुझ्दै नगर प्रमुख आचार्य नेतृत्वको टिमले कोहलपुरमा शवदाह गृह निर्माणको काम प्रारम्भ गरेकोमा खुसी व्यक्त गरे ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यस गरिएको शवदाह गृह निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिए । उनका अनुसार शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइने छ । त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिने छ ।

कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल आईएमई बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको तथा एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको अधिकारीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा कोहलपुर क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, समाजसेवी, स्थानीयबासीको सहभागिता रहेको निर्माण समितिका सचिव कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ४४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत