२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कस्तुरी मिष्ठान्न भण्डारको तेस्रो शाखा तिलोत्तमाको योगीकुटीमा सञ्चालन



बुटवल । विगत साढे २ दशकदेखि व्यवसायीक यात्रा सुरु गरेको कस्तुरी मिष्ठान्न भण्डारले तिलोत्तमाको योगिकुटीमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । २०५५ सालमा बुटवलको ट्राफिकचोक पाल्पा रोडबाट व्यवसायिक उत्पादन सुरु गरेको कस्तुरीले राजमार्ग चौराहपछि योगिकुटीमा शाखा बिस्तार गरेको हो ।

मिठाईका ७० बढी परिकार उत्पादन गर्दै आएको कस्तुरीले ग्राहको माग र बजार बिस्तारका लागि नयाँ शाखा स्थान गरेको सञ्चालक राजु पराजुलीले बताए ।

योगीकुटी शाखामा एकै पटक ४० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको र यहाँबाट २ दर्जन बढीले प्रत्येक्ष रोजगार प्राप्त गर्ने उनले जानकारी दिए ।

मिष्ठान्न भण्डारको सोमबार औपचारिक शुभारम्भ गरिएको हो । यो शाखासहित कस्तुरीका ३ वटा शाखामा सिजन अनुसार १५० देखि २ सय जनाले रोजगार समेत प्राप्त गरिरहेको सञ्चालक प्रथम पराजुलीले जानकारी दिए ।

२० करोड बढी लगानी गरे ३ ठाउँबाट सेवा प्रदान गर्दै आएको कस्तुरीले रुपन्देहीको भैरहवा र पाल्पामा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले बताए ।

लामो व्यवसायिक पहिचानलाई कायम राख्दै गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको उनको दाबी छ । विभिन्न पार्टी, विवाह, वर्तबन्ध लगायतका कार्यहरुका साथै नेपालीहरुको चाडबाटको समयमा माग उच्च हुने गरेको बताउँदै उनले बजार थप फराकिलो हुँदै गएको उल्लेख गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ३९ बजे

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल,३ उद्योगले अझै तिरेनन् किस्ता

काठमाडौँ । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत्

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी