७ पुस २०८२, सोमबार | December 22, 2025

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर



खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिनको परिवारको वर्षाले भत्किएको घर निर्माण भएको छ । बर्षातको पानिले घर भत्काइदिएपछि बेघर बनेका जय बहादुर विकलाइ पत्रकार दाहालले चौतर्फी सहयोग जुटाएर घर निर्माण गरिदिएका हुन् ।

दाहालकै सक्रियतामा निमार्ण सामाग्री र आर्थिक सहयोग जुटाई निमार्ण सम्पन्न भएको नवनिर्मित घर आज एक कार्यक्रम गरि दृष्टिविहिन जय बहादुर विकको परिवारमा हस्तान्तरण गरिएको छ । दृष्टिविहिन विकको नवनिर्मित घरको समाजसेवी लिल बहादुर थापाले रिबनकाटेर उद्घाटन गरे ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सञ्चारकर्मसँगै समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा पत्रकार दाहाललाई बधाई सहित धन्यबाद दिए । अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताउँदै सहयोग गर्ने सबैलाई मावन हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशन्साका पात्र रहेको बताइन् । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको बताइन् ।

खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहिन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रशारण गरेको थियो । पत्रकार दाहालको पहल र दाहालका सहकर्मी गणेश राईको सक्रियतामा आथिक संकलन हुनुका सार्थ निर्माण सामाग्रीहरु स्वस्फर्त संकलन भएको थियो ।

घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको बताए । समावसेवी थापाले सञ्चारकर्मि भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको उल्लेख गरे ।

घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पुर्व वडाध्यक्ष युवा राजनितिज्ञ तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताए ।

दृष्टिविहिनको विकको घर भत्किएको खबर प्रकाशन गर्नुका साथै घर निर्माणमा श्रोत जुटाउँदै घर निर्माणमा झण्डै २ महिना पत्रकार दाहाल आफै खटिएका थिए ।

घर हस्तान्तरणकै अवसरमा समाजसेवी लिल बहादुर थापाले ६ महिना पुग्ने खाध्यान्न सामाग्री प्रदान गरेका थिए । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरीक्षक पुर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानिय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : ४९ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८