११ श्रावण २०८३, सोमबार | July 27, 2026

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर



खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिनको परिवारको वर्षाले भत्किएको घर निर्माण भएको छ । बर्षातको पानिले घर भत्काइदिएपछि बेघर बनेका जय बहादुर विकलाइ पत्रकार दाहालले चौतर्फी सहयोग जुटाएर घर निर्माण गरिदिएका हुन् ।

दाहालकै सक्रियतामा निमार्ण सामाग्री र आर्थिक सहयोग जुटाई निमार्ण सम्पन्न भएको नवनिर्मित घर आज एक कार्यक्रम गरि दृष्टिविहिन जय बहादुर विकको परिवारमा हस्तान्तरण गरिएको छ । दृष्टिविहिन विकको नवनिर्मित घरको समाजसेवी लिल बहादुर थापाले रिबनकाटेर उद्घाटन गरे ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सञ्चारकर्मसँगै समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा पत्रकार दाहाललाई बधाई सहित धन्यबाद दिए । अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताउँदै सहयोग गर्ने सबैलाई मावन हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशन्साका पात्र रहेको बताइन् । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको बताइन् ।

खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहिन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रशारण गरेको थियो । पत्रकार दाहालको पहल र दाहालका सहकर्मी गणेश राईको सक्रियतामा आथिक संकलन हुनुका सार्थ निर्माण सामाग्रीहरु स्वस्फर्त संकलन भएको थियो ।

घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको बताए । समावसेवी थापाले सञ्चारकर्मि भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको उल्लेख गरे ।

घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पुर्व वडाध्यक्ष युवा राजनितिज्ञ तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताए ।

दृष्टिविहिनको विकको घर भत्किएको खबर प्रकाशन गर्नुका साथै घर निर्माणमा श्रोत जुटाउँदै घर निर्माणमा झण्डै २ महिना पत्रकार दाहाल आफै खटिएका थिए ।

घर हस्तान्तरणकै अवसरमा समाजसेवी लिल बहादुर थापाले ६ महिना पुग्ने खाध्यान्न सामाग्री प्रदान गरेका थिए । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरीक्षक पुर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानिय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : ४९ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको