२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्री ओलीले भोलि (बडादसैँका दिन) सर्वसाधारणलाई टीका नलगाइदिने



काठमाडौं । यसवर्षको दसैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाउने जनाएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाका कारण उनले सर्वसाधारणलाई टीका नलगाइदिने भएको सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।

प्रधानमन्त्रीका अ‍ेलीको फेसबूक एकाउण्ट मार्फत बडादसैंको शुभकामना सन्देश जारी गर्दै ओलीले टीका कार्यक्रम नराखिएको बताएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन । परिवारका सदस्यहरूसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।’ प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिका कारण यसपटकको दशैं उल्लासमय हुन नसकेको बताउका हुन् ।

भारी मनका साथ दशैं मनाउँदैछौं, म पनि रमाउन सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेकाले उहाँ (पीडित)हरूको आँसु पुछ्ने, राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा लागिरहेकाको छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्रीले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १० : २६ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी