१२ असार २०८३, शुक्रबार | June 26, 2026

संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ



गलकोट । बागलुङ नगरपालिका-८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दसैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हालेका हुन ।

पन्ध्र वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो । चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो । तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो । तर यसपटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण गर्न र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताए ।

रु तीस हजार लागतमा चर्खे पिङ तयार भएको उनले बताए । पछिल्लो समयदेखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो न्यू सृजना फर्निचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिए ।

“एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसक्यो, सयममै यसको संरक्षण सुरु नगर्ने हो भने नयाँ पुस्ताका लागि यो दन्त्य कथा बन्नसक्छ, बाह्रा वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ”, जिसीले भने, “कम्तीमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेशलगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ ।”

यस्तै काठेखोला गाउँपालिका-७ रेश पिडाल्लामा यसपटक चर्खेपिङ हालिएको छ । त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन् । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिँदै आइएको छ ।

चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।

चर्खेपिङ संरक्षण जरुरी भइसकेको साझखोलाका स्थानीय जुना न्यूरेले बताइन । एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेको भनाइ छ ।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ०५ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको