२० माघ २०८२, मंगलबार | February 3, 2026

दशैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छ : उपसभामुख राना



काठमाडौं । उपसभामुख इन्दिरा रानाले बडादशैँले सामाजिक, सांस्कृतिक एकता कामय राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छिन ।

बडादशैँ-२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिदै उनले दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरिन ।

उपसभामुख रानाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृक्तिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न दसैँको विशेष महत्व रहेको बताइन ।

“दशैँ एकता र पुनर्मिलनको पनि चाड हो । मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रुपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृक्ति राज्यको अभिन्न अङ्गका रुपमा छन्”, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पतिको रूपमा रहनेछन् भन्दै उपसभामुख रानाले यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन । मुलुकमा नागरिकको अवस्था अझै पनि बदलिन सकेको भन्दै उनले नागरिकका अपेक्षा पूरा गर्न अविचलित भएर लाग्नु अहिलेको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।

साथै उनले दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा आराधना गरी दशौं दिन टिका जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने हिन्दु धर्मावलम्बीहरूको महान चाड दशैँलाई पारिवारिक जमघटको विशेष अवसरको रुपमा लिइने गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ०९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि