५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा


२७ आश्विन २०८१, आइतबार  

143
Shares

भक्तपुर । विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनि मोहनि नखः (बडादसैँ)को विजयदशमीको दिन साँझदेखि सुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका मानन्धर समाजका कृष्णकुमार मानन्धरले जानकारी दिए ।

पाँय्लाई ठाउँअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ । ‘पा’ भनेको बन्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको उनले बताए। “

विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेसामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना)मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ”, मानन्धरले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ४९ बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण