१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कोहलपुरमा होटलको कोठा बुक गरेर सामुहिक बलात्कार, ५ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरमा नाबालिकालाई ललाई फकाई होटलमा लगेर २ दिन सम्म सामुहिक बलात्कार गरिएको छ । असोज २७ र २८ गते लगातार सामुहिक बलात्कार भएको घटना २ दिनपछि मात्र प्रहरीले सार्वजनिक गरेको छ ।

१२ वर्षिया नाबालिकालाई ५ जना किशोरहरुले ललाई फकाई कोहलपुर स्थित न्युरोडको होटलमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ १ का २४ वर्षिय डम्बर बहादुर रोकाया, १९ वर्षिय निशान रोकाया, बिजय कार्की, सोही वार्डका गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले २७ गते नाबालिकालाई फकाएर न्युरोड स्थित यात्री होटलमा पुर्याई २ जनाले बलात्कार गरेको र २८ गते अन्य ४ जनाले बलात्कार गरेका थिए । बलात्कार गरि फरार रहेका ५ जनालाई कोहलपुर प्रहरीले बैजनाथको बिभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धमैराज भण्डारीले बताए । पक्राउ परेकाहरुलाई आज अदालत पेश गरिने उनले बताए । बलात्कृत नाबालिकाको स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाईएको र उनको शारिरीक अवस्था खतरामुक्त तर कमजोर रहेको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ११ : २६ बजे

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी