११ माघ २०८२, आइतबार | January 25, 2026

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान



काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका छन् ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्केका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बिपी सङ्ग्रहालयमा लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरेका थिए । बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता कोइरालाले कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा बलिउड नायिका एवं बिपीकी नातिनी मनिषा कोइराला, बिपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी थिए ।

सो अवसरमा बिपी पुत्र कोइरालालगायतले सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्णकदको सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४७ बजे

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान जारी

काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान भैरहेको छ

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको