२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

होटल पौवाको बुटवल शाखामा सरायँ नाच प्रस्तुत (फोटो फिचरसहित)



बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा शुक्रबार सरायँ नाच प्रस्तुत गरेको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले गुल्मी छत्रकोट गाउँपालिका-१ हुँगाका कलाकारहरु ल्याएर सरायँ नाच प्रस्तुत गरेको हो ।

सरायँ नाचसँगै पौवाका विभिन्न परिकारहरुको स्वादमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । करिब २ हजार दर्शकको सहभागिता रहेको कार्यक्रममा सरायँ नाच, ढाल नाच, खुडा नाच, लौरो नाच लगायतका विभिन्न साँस्कृतिक प्रस्तुती रहेका थिए । यसैगरी होटल पौवाले तयार पारेका परम्परागत परिकारहरु सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका खानाका परिकार रहेका थिए ।

दशैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल पौवाका ब्राण्डिङ प्रमुख बिष्णु भण्डारीले बताए ।

विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपिठहरूमा नाचिने सरायँ नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखि नै होटल पौवाले कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै होटल पौवाका चिप अपरेटिङ अफिसर कृष्ण गौतम, बोर्ड अफ डाइरेक्टर धुर्व न्यौपाने तथा सरायँ नाचका संयोजक गोविन्द न्यौपाने, सराय नाच गाइड होम पल्ली मगर लगायतले परम्परा र सँस्कृतिलाई जगेर्ना गर्नका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेकोमा जोड दिएका थिए । हिन्दु परम्परा अनुसार हरेक वर्षको बडादशैँका बेला एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन रहेपनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जगेर्नाका लागि आफूहरुले कार्यक्रम आयोजना गरिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले बताए ।

यसैबीच होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर अतिथीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’-भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।

‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं ।’- ब्राण्डिङ प्रमुख भण्डारीले भने, नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।

फोटो फिचरसहित

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ०३ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल