४ चैत्र २०८२, बुधबार | March 19, 2026

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका छन् ।

मन्त्री पौडेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । गठित समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्रा डा गोपाल सेढाईं छन् ।

यसैगरी, वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा राजीव ओझा, नेप्लिज एशोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि समितिको सदस्य रहने छन् ।

समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सह प्रा डा अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेललाई सदस्य सचिव तोकिएको छ । समितिलाई देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त स्थानमा जग्गा खोजीको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको छ ।

अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात् स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेस गर्न समितिलाई भनिएको छ । हाल न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेकाले केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । “यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर मन्त्रीज्यूबाट मन्त्रिस्तरीय निर्णयमार्फत अध्ययन समिति गठन भएको हो”, उनले भने ।

बिरामीको चाप बढिरहेको न्युरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : २६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन