६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँदै, थपिँदै तीन मन्त्री



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ३ महिना पछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नियुक्त भएको ३ महिनापछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषदमा तीन जना नयाँ मन्त्री थपेसँगै सरकारले पूर्णता पाउने भएको हो ।

मन्त्रीपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले थप तीनजाना मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नयाँ बन्ने मन्त्रीहरुमा कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेशकुमार अग्रवाल रहेका छन् ।

तिमिल्सिनाले सामाजिक विकास, कलबारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । बिहीबार शपथको लागि तयारी गरिएको भौतिक पुर्बाधार मन्त्री भुमिस्वर ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : २५ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा