३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा उद्योगभित्रै जुवाको अड्डा, ५ जना जुवाडे पक्राउ



बुटवल । रुपन्देहीको एक उद्योग भित्रै जुवातास खेलाईने गरेको फेला परेको छ । मायादेवी गाउँपालिका वडा नं. ८ मा रहेको महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्स भित्र जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत महाराजगन्ज घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ८ बस्ने मनोहर प्रसाद र अजय जयसवाल, भारत मतिहारी घर भई हाल जिल्ला सल्यान श्रीनगर बस्ने जग्गु कुमार, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने रुपेश गुप्ता र सिद्धार्थनगर नगरपालिका वडा नं १ मनोज जयसवाल रहेका छन् । उनीहरुबाट तासको गड्डी र ८९ हजार ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उद्योग भित्र जुवातास खेलाउने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा दिन ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ०६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन